देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

देशान्तर

काठमाण्डौं । नेपालिहरुको महान चाड वडा दशैंका लागि आजदेखि राष्ट्र बैंकले नयाँ नोट साट्ने भएको छ । आज देखि १७ गतेसम्म सर्वसाधारणले राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ नोट साट्नसक्ने छन् । ५, १०, २०, ५० र १०० का नोट एक÷एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयबाट पनि नोट सहटी सुविधा लिन सकिनेछ ।

यसबाहेक काठमाडौं उपत्यकामा नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट पनि नोट सटहीको गर्न पाइनेछ ।

राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट सटही सुविधा पाइनेछ ।

कृषि विकास बैंकको पनि गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नोट सटही सुविधा पाइन्छ ।