देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज देशलाई खुला दिसामुक्त घोषणा गरिँदै

देशान्तर

काठमाडौं । आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले १२ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ ।

घोषणासँगै दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुनेछ । नेपालमा २०६८ सालदेखि खुला दिसामुक्त मुलुक बनाउने अभियान शुरु भएको थियो ।
खानेपानी मन्त्रालयका अनुसारअनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन् ।

नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको र देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भइसकेकोले आज देशलाई खुला दिसामुक्त घोषणा गर्न लागेको हो ।