देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ज्ञानेन्द्र शाह र ओलीको शासन एउटै कांग्रेस  प्रमुख सचेतक: खाँड 

देशान्तर

काठमाडौं  :  नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पूर्वराजा ज्ञानेन्द्रको शासन र ओली जीको शासनमा कुनै फरक नदेखिएको टिप्पणी गरेका छन्।

नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक खाँडले तनहुँमा नेता डा. मिनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयास घटनाले ओली नेतृत्वको कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको स्पष्ट भएको बताए।

उनले चितवनमा नेकपाकै कार्यकर्ताले ज्ञानेन्द्र शाहीलाई गरेको कुटपिट घटनामा समेत आपत्ति जनाएका छन्।

ओली सरकारको शैली ज्ञानेन्द्र शाहको शासन कालको मण्डले जस्तो भएको बताए। प्रमुख सचेतक खाँडले नेकपाले चिनिया कम्युनिष्ट विचार धारा नेपालमा ल्याउन खोजेकोमा आपत्ति जनाए।