देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज ज्येष्ठ नागरिक दिवस; राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

देशान्तर

काठमाण्डौ । आज अक्टोवर १ अर्थात अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । नेपालमा पनि अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नेपाल सरकार, महिला—बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायत सरकारी तथा गैरसरकारी संघ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

विक्रम सम्बत २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाख बढी ज्येष्ठ नागरिकहरु रहेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सबै ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१९ (२०७६ साल असोज १४) का अवसरमा राष्ट्रका सम्पूर्ण ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेकि छिन् ।

राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरुको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताएका छन् ।