देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता छैन’ -रोशनी शाही

देशान्तर

काठमाडौं । सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुव्र्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूमाथि कुनै दुव्र्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन् ।

तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधबार साँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराइएकी हुन् ।

पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले दिएको लिखित निवेदनमा भनिएको छ, “म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियाँमा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।”