काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीसंग उनका श्रीमान चित्रजङ्ग शाहीले सम्बन्ध विच्छेद गरेका छन् । उनिहरु दुवैबीच कानुनी प्रक्रियाबाट अगल हुने सहमति भएको हो ।
रोशनीका पति चित्रजङ्ग शाहीले आफ्नो फेसबुक पेज मार्फत २८ वर्ष लामो सहयात्रा टुंङ्गिएको बताएका छन । उनले फेसबुक पेजमा राखेको हस्तलिखित पत्रमा दुवैले कानुनी प्रक्रिया मार्फत अलग हुने सहमति गर्दै हस्ताक्षर गरेका छन् ।
उनिहरुले आजै सम्बन्ध विच्छेदका लागि प्रक्रिया अगाडी बढाउने भएका छन् । उनिहरुका सन्तान को संग बस्ने भन्नेबारे खुलाईएको छैन । श्रीमान शाही उपत्यका बाहिर रहेको समयमा रोशनीले कोठमा आएर सभामुख महराले यौन दुराचार गरेको अरोप लगाएकी थिइन् ।
Share this:





प्रतिक्रिया