देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरामा बस दुर्घटना, ३० जना घाइते

देशान्तर

कास्की । पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा शुक्रबार बस दुर्घटना भएको छ। बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नम्बरको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन्। घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।