देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्घाखाँचीमा जीप दुर्घटना : तीन जनाको मृत्यु

देशान्तर

अर्घाखाँची । अर्घाखाँचीमा सोमबार भएको जीप दुर्घटनामा तीनको मृत्यु भएको छ। कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको जीप दुर्घटनामा परेको हो।

लु १ ज ४३२९ नम्बरको जीप दिउँसो करिब सवा १ बजे अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जीप सडकबाट झण्डै एक किलोमिटर तल खसेको बताइएको छ।