देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि २६ गते सार्वजनिक बिदा

देशान्तर

काठमाण्डौ । सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आगामि २६ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारले आइतबार सार्वजनिक बिदा दिन लागेको हो ।

चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि भोलि शनिबार नेपाल आउँदै हुनुहुन्छ ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ ।

२३ वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।