देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

देशान्तर

काठमाण्डौ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको र थप ६ जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाण्डौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।