देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहसचिव र उपसचिवसहित विभिन्न पदमा आवेदन खुल्यो

देशान्तर

काठमाडौ । लोकसेवा आयोगले सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

राजपत्राङ्कित प्रथम श्रेणीका लागि सहसचिव वा त्यो सरह एवं राजपत्राङ्कित दित्तीय श्रेणीका लागि उपसचिव वा त्यो सरह पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको लागि दरखास्त खुलेको छ । सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो पहिलोपटक हो ।

मंसिर ३ गतेसम्म आयोगका कार्यलयहरुमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।