देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मृगौला बिक्रीको आरोपमा निदान अस्पतालका सीईओ सहित ५ जना पक्राउ

देशान्तर

काठमाडौं । एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ ।

पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।

अस्पतालले एक जनाको मृगौला झिक्ने भनी अर्कै व्यक्तिको मृगौला झिकेर बिक्री गरेको आरोप लागेकाले अनुसन्धानका लागि पक्राउ गरेको व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए ।