देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसद गुरुङको जिल्ला अदालत काठमाडौंमा बयान सुरु

देशान्तर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङको जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंले ३५ दिने म्याद जारी गरेको थियो ।

अदालतमा म्याद जारी गरेपछि गुरुङले आज अदालतमा उपस्थित भएर बयान दिएको अदालत स्रोतले जानकारी दिएको छ । अदालतले जारी गरेको म्याद जिल्ला प्रहरी कार्यालय दोलखाले तामेली गरेको थियो । सांसद गुरुङसहित ७ जनाविरुद्ध म्याद जारी भएकोे थियो ।

उनीहरूमाथि निर्वाचनका समयमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको भन्दै मुद्दा दायर भएको थियो ।