देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असंलग्न आन्दोलनको १८ औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली अजरबैजान जाँदै

देशान्तर

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहिबार) अजरबैजान जाँदै छन । अजरबैजानको बाकुमा असंलग्न आन्दोलनको १८ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन ।

कात्तिक ८ र ९ मा हुने राष्ट्रप्रमुखको बैठकमा उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले कात्तिक ८ गते आयोजना गर्नुहुने स्वागत तथा रात्रिभोजमा सहभागी हुनेछन् । उनले कात्तिक ९ गते सम्मेलनलाई सम्बोधन गर्नुका साथै प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिमण्डलका प्रमुखसँग दुइपक्षीय हितका विषयमा छलफल गर्नेछन् ।

प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम छ ।