देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गगन थापा अध्ययनका लागि सिंगापुरमा, भाइटिका पनि उतै

देशान्तर

 

काठमाडाै । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता गगन कुमार थापा अध्ययनका लागि सिंगापुर गएका छन् । शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि थापा सिंगापुर गएका हुन । थापाले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत मंगलबार दिएको जानकारीअनुसार उनका अबको एक साता सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा रहनुहुने छ । वल्र्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि सिंगापुर पुगेका हुन् ।

शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने उहाँले जानकारी दिएका छन्  ।