देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली अस्पताल भर्ना

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार बिहान धापासी स्थित ग्राण्डी अस्पताल भर्ना भएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको ग्राण्डी अस्पतालका महाप्रवन्धक विकासमान श्रेष्ठले देश सञ्चारलाई जानकारी दिएका छन् । ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृत प्रतिवेदन आइसकेपछि मात्रै सार्वजनिक जानकारी दिइने उनले बताएका छन् ।