देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महराविरुद्ध जिल्ला अदालतमा अभियोजनपत्र दर्ता गर्ने तयारी

देशान्तर

काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजनपत्र दर्ता गर्दैछ ।

थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतले दिएको पछिल्लो सात दिनको म्याद आज सकिने भएसँगै सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दर्ता गर्ने तयारी गरेको हो ।

महराविरुद्ध आजै थुनछेक बहस सुरु हुने जनाईएको छ । बहस गर्ने वकिलको संख्या धेरै भए आज बहस सकिने छैन । नत्र आजै साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुनेछ ।

तिहार अघि १९ दिनसम्म प्रहरीले अनुसन्धानको काम नसकिएको भन्दै महरालाई पटक पटक म्याद थप गरेको थियो ।अन्तिम पटक थपिएको सात दिनको समय आज सकिएपछि अब मुद्दा दर्ता गर्न लागिएको हो ।

 Share
 Tweet
 Pin