देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु , अवस्था तनावग्रस्त

देशान्तर

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ।  प्रहरीले चलाएको गोली लागेर स्थानीय सुरज कुमार पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयले भने पाण्डेको मृत्युबारे कुनै प्रतिक्रिया दिएको छैन।

लक्ष्मी पूजाको मूर्ति बिर्सजनको विषयमा दुई पक्षबीच झडप भएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको थियो।  प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा बिहान ११ बजेदेखि लागू हुनेगरी कर्फ्यू लगाइएको छ। अर्को आदेश नभएसम्म कर्फ्यू जारी रहने प्रमुख जिल्ला अधिकारीले श्रेष्ठले बताए।