देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलाईसिस :स्वास्थ्य अवस्थाबारे अन्योल

देशान्तर

काठमाडौं  . प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक डायलाईसिस गरिएको छ ।

राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत ओलीको मृगौलाको डायलाईसिस गरिएको हो । डायालाईसिस पछिको अवस्था विश्लेषण गरी मृगौलाको पुन: प्रत्यारोपण वा अन्य विकल्पमा जाने चिकित्सकको तयारी रहेको छ ।

ओलीको भोलि अर्को डायलाईसिस गर्ने अस्पतालको तयारी छ । डायलाईसिस पछि प्रधानमन्त्रीमा ज्वरो आउने, मांसपेसी दुख्ने र झर्को लाग्ने लगायतका अवस्था देखा पर्ने चिकित्सकले जनाएका छन् । चिकित्सकको निगरानीमै रहनुपर्ने भएकाले प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ । ग्राण्डी अस्पतालका मेडिकल डाईरेक्टर चक्रराज पाण्डे र निजी चिकित्सक दिब्यासिंह शाह लगायतको टोलीले दोस्रो पटक डायलाईसिस गरेको हो ।

ओलीको स्वास्थ्यबारे जनचासो बढ्दै गएको छ। मिर्गौलाका बिरामी प्रम ओलीको स्वास्थ्यसम्बन्धी रिपोर्ट गोप्प राखिएको छ भने सचिवालयले समेत अहिलेसम्म केही बोलेको छैन। बुधबार दिउँसो २ बजे नै पहिलो डाइलाइसिस गराइएको थियो। आईसीयूको बेड नम्बर १४१६ मा उपचाररत प्रमको मृगौलाले काम गर्न छाडेपछि चिकित्सकहरुले आकष्मिक निर्णय लिएर डाइलाइसिस गराएका हुन्।

ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उहाँको हातमा संक्रमण भएको थियो ।