देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘म ठिक छु’ भन्दै अस्पतालबाट बाहिरिए प्रधानमन्त्री ओलि

देशान्तर

काठमाण्डौं । स्वस्थ्य उपचारका लागि बुधबारअस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली हिजो बिहीबार राति डिस्चार्ज भएका छन् । बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार साँझ ८ बजे डिस्चार्ज भएका हुन ।

बुधबार र बिहीबार गरेर २ पटक मिर्गौलाको डायलाइसिस गराएका ओली आफै हिँडेर हँसिलो मुद्रामा अस्पतालबाट बाहिरिएका थिए । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई धन्यवाद दिँदै आफू ठिक भएको बताए ।

प्रधानमन्त्री ओली अस्पतालबाट सोझै बालुवाटार गएका छन् ।

यसअघि साँझ अस्पतालमा नै पत्रकार सम्मेलन गर्दै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले साँझसम्ममा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने बताएका थिए । प्रधानमन्त्री ओलीको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन डायलाइसिस गर्नु परेको उनले जानकारी दिएका थिए ।
बुधबार र बिहीबार गरेर दुई पटक डायलासिसअन्तर्गत पर्ने अल्ट्रा फिल्ट्रेसन गरेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं उहाँका निजी चिकित्सक डा. दिव्या सिंह शाह, वरिष्ठ कलेजो तथा पेट रोग विशेषज्ञ डा. दिलिप शर्मा र युरोलोजिस्ट तथा वरिष्ठ चिकित्सक डा. प्रेम ज्ञवालीलगायतको टोलीले उपचार गरेको हो ।