काठमाडौ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको संसदीय समिति गठन नभएकाले केन्द्रीय समिति बैठकले उम्मेदवार टुङ्गो लगाउने सम्बन्धमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने संभावना छ । कात्तिक १७ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने पार्टी कार्यालयले जनाएको छ । उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको पार्टी कार्यालयले जनाएको छ





प्रतिक्रिया