देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनकोशीमा बस खस्दा १० जनाको मृत्यु :अपडेट

देशान्तर

दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। दुर्घटनामा १० जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्। मृतकको सनाखत हुन भने बाँकी छ।

आज दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। बसमा कति यात्रु थिए भन्ने अझै यकिन हुन सकेको छैन । यद्यपि घाइतेहरुले बसमा ४० भन्दा बढि यात्रु रहेको बताएका छन् ।

डीएसपी माधवप्रसाद काफ्लेका अनुसार अहिले घाइतेहरुको उद्धार जारी रहेको छ।

घटनाको थप विवरण आउन बाँकी छ।