देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्व सभामुख महरा पुर्पक्षका लागि कारागार चलान, रोशनीलाई बोल्न दिइएन

देशान्तर

काठमाण्डौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत काठमाण्डौका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको हो । अदालतको आदेशपछि महरालाई डिल्लीबजार कारागार पठाइएको छ । अब यो मुद्दाको किनारा नलागेसम्म महरा कारागारमै बस्नु पर्नेछ ।

रोशनीलाई बोल्न दिइएन
न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको थियो । अदालतमा बहस भैरहँदा पीडित भनिएकी रोशनी शाहीले बन्द इजलासमा बोल्ने अनुमति मागे पनि न्यायाधी पाण्डेले अनुमति दिनु भएन । महराले बलत्कार प्रयास गरेको भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी थिइन् । महरा आफ्नो कोठामा नआएको उनले अदालतमा बयान दिएकी थिइन्।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।