काठमाण्डौं । नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा हिजो सोमबार राष्ट्रपति भण्डारीले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णु प्रसाईंलाई प्रदेश ३, अमिक शेरचनलाई गण्डकी प्रदेश, धर्मनाथ यादवलाई प्रदेश ५, गोविन्द्र कलौनीलाई कर्णाली प्रदेश र शर्मिला त्रिपाठीलाई प्रदेश ७ नियुक्त गरेकी थिइन्।
सपथग्रहणपछि आजै प्रदेश प्रमुखहरु आआफ्नो जिम्मेवारी सम्हाल्न सम्बन्धित प्रदेशमा जानेछन्।





प्रतिक्रिया