देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घिमिरे र भण्डारीलाई दधिराज पुरस्कार

देशान्तर

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ५१००० (एकाउन्न हजार) राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार– २०७६’ चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. विष्णुविभु घिमिरेलाई र रू २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६’ तीनदशक भन्दा बढी समयदेखि मोफसलमा रही पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएकाले पत्रकार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

साहित्यकार घिमिरेका कठघरामा उभिएर (कविता), काँडाकाँडामा टेकेर (कविता), सडकनाटकका पाँच वर्ष (समीक्षा)संग्रहहरु प्रकाशित छन् भने उनी सुरुचि, गरिमा, विमोचन जस्ता प्रसिद्ध पत्रिकाहरुका सम्पादकसमेत भैसकेका छन् । पत्रकार भण्डारी विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकका प्रधान सम्पादक हुन् । यस अघि उक्त पुरस्कार साहित्यकारहरू, प्रा. डा.गोविन्दराज भट्टराई, प्रा.डा. अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल र पत्रकारत्रय हरिबहादुर थापा, शिववहादुर कार्की र किशोर नेपाललाई प्रदान, गरिएको थियो ।

समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू।पन्द्र लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार आगामी फाल्गुन महिनामा समर्पण गरिने प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिए ।