पोखरा — कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको सुरक्षा निकायले जानकारी दिएको छ ।
यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता पनि गराएकी छिन्।कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो। बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन।





प्रतिक्रिया