देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचन हुने सबै क्षेत्रमा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने

देशान्तर

काठमाडौ । उपनिर्वाचन हुने सबै क्षेत्रमा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । अघिल्लो पटक निर्वाचित स्थानहरू सुरक्षित गर्दै थप क्षेत्रमा परिणाम आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको छ ।  उपनिर्वाचन हुने सबै स्थानमा चुनावी समीक्षा गरिरहेको भन्दै यसअघि जितेका ठाउँहरूमा विजयी दोहो¥याउँदै बाँकी स्थानमा पनि जित हासिल गर्ने गरी रणनीति बनाउँने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले चुनावी गतिविधिलाई व्यापक बनाउन केन्द्रबाट नेताहरू खटाउने बताए । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रबाट पठाउने नेताहरूको नाम भोलीसम्ममा टुंगो लगाइने बताउए । स्थानीय तहअन्तर्गत कांग्रेसले संगठन कमजोर भएको स्थानमा मतसंख्या बढ्ने दाबी गरेको छ ।