देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अकुपाइ टुँडिखेल : मानव साङ्लो प्रदर्शन

देशान्तर

काठमाडौं । टुडिखेल अतिक्रमण भएको भन्दै सामाजिक अभियन्ताहरूले टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेका छन् । टुडिखेल खुला गर्नका लागि ‘अकुपाई टुँडिखेल’ नामक अभियान शनिवार सम्पन्न गरिएको हो ।

अभियानमा पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराई, हिसिला यमी, नेपाली कांग्रेसका नेता गगन थापा, पत्रकार ऋषी धमला, सञ्चारकर्मी रवि लामीछाने लगायत अन्य सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिती रहेको थियो । त्यहाँ उपस्थित सबैले टुडिखेल खुला गरका साथसाथै ब्याक अफ इन्डियालगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।

अकुपाई टुँडीखेल अभियानमा शनिवार खुलामञ्चबाट रत्नपार्कसम्म मानव साङ्लोबनाएर प्रदर्शन गरिएको थियो  । सो समारोहमा बोल्दै कुनै पनि शहरमा आधा भन्दा बढी खुला स्थान हुनुपर्ने बताउँदै टुँडीखेललाई पुनः खुला गराउनुपर्ने बताए । नेता थापाले नागरिक अभियान अहिले जागरुक भएर आएको बताउँदै टुँडिखेललाई खुला गराउने अभियानमा आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

गायक योगेश्वर अमात्यले टुँडीखेल पहिलेको जस्तो नदेख्दा आफू अचम्ममा परेको बताए । पहिलाको खुला टुँडीखेललाई अहिले सिमित स्वार्थमा अतिक्रमण गरिएको बताए । उनले टुँडिखेललाई पुन: खाली गराउन माग राखे । ‘देशका ठूलाठूला नेताहरू यहि खुलामञ्चमा भाषण गरेर उच्च पदमा पुगेका छन्, तर तिनैले टुँडिखेलको जतन नगर्दा दुख लाग्छ,’ उनले भने ।

यस्तै, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुप्रभा खड्गीले  टुडिखेल खाली गराउन आफूले महानगरको बैठकमा निरन्तर छलफल चलाउने गरेको बताइन् ।