काठमाण्डौ . नेपाली कांग्रेसले प्रदेश नम्बर ३ का विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिलाई मंगलबारदेखि प्रशिक्षण दिने भएको छ।
हेटौंडामा हुने प्रशिक्षणमा रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
प्रदेश ३ का अन्य जिल्लाका महाधिवेशन प्रतिनिधिलाई भने भक्तपुरमा यसअघि नै प्रशिक्षण दिइसकिएको छ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा महाधिवेशन प्रतिनिधिलाई पार्टीको नीति तथा भावी कार्यक्रम र संगठन विस्तारलगायत विषयमा प्रशिक्षण दिन लागिएको हो। प्रतिष्ठानको अध्यक्ष उपसभापति विमलेन्द्र निधि छन्।
यसअघि प्रतिष्ठानले गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र प्रदेश ३ का केही जिल्लामा प्रशिक्षण गरिसकेको छ।
प्रतिक्रिया