देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतको दादागिरी ९६१ स्थानमा सीमा अतिक्रमण

देशान्तर

काठमाडौं । नेपाल–भारत सीमा जोडिएका १५ जिल्लाका ९६१ स्थानमा सीमा अतिक्रमण भएको देखिएको छ। सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा भारतसँग सिमाना जोडिएका ९६१ स्थान सीमा विवाद रहेको उल्लेख छ।

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले हरेक महीना सीमा क्षेत्रको अतिक्रमण, विवाद र त्यहाँ बनेका घरटहराका विषयमा विवरण पठाउने गर्छ । उक्त विवरण अनुसार सबैभन्दा बढी पर्सामा ४ सय ५४ स्थानमा सीमा विवाद देखिएको छ।

कुन जिल्लामा कति ठाउँमा अतिक्रमण

  1. इलाममा-१८
  2. झापामा-३५
  3. मोरङमा-१९
  4. सुनसरीमा-३९
  5. त्यस्तै सप्तरीमा-२१
  6. सिरहामा-६३
  7. धनुषामा-६५
  8. महोत्तरीमा-४५
  9. सर्लाहीमा-१५१
  10. रौतहटमा-८
  11. बारामा-१४
  12. पर्सामा-४५४
  13. कैलालीमा-२
  14. कंचनपुरमा-२७