देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भूमि अतिक्रमणबारे भारत सँग वार्ता गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेता पौडेलको सुझाव

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको कालापानी क्षेत्र अतिक्रमणको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष वार्ता गर्नुपर्ने बताएका छन् ।

कालापानीको विवाद मन्त्रालयको सचिव वा मन्त्रीस्तरीय वार्ताले मात्र टुंगो लगाउन नसकिने भन्दै उहाँले समकक्षी मोदीसँग प्रत्यक्ष वार्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका हुन् ।

झापाको बिर्तामोडमा बिहीबार बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले मुलुकको पश्चिमी क्षेत्रको सिमाना विवाद दीर्घकालिन रुपमा समाधानका लागि ‘प्रधानमन्त्री टू प्रधानमन्त्री’ वार्ता हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रियता र मुलुकको सिमानाको विषय भएकाले सरकारलाई सहयोग गर्न कांग्रेस सधैं तयार रहेको नेता पौडेलको भनाइ छ । नेपालको कालापानी क्षेत्रलाई आफ्नो सिमानाभित्र पर्नेगरी नयाँ नक्सा जारी गरेको भारतसंग वार्ता गर्न सरकारले ढिलासुस्ती गरिरहेको उनले बताउए ।