देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटायो

देशान्तर

काठमाण्डौं । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा पार्टीका पक्षमा चुनावी माहोल बनाउन कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएको छ । जिल्लाकै माग अनुसार संघ, प्रदेश र स्थानीय तहमा कांग्रेसले केन्द्रबाट नेता खटाएको काग्रेसले जनाएको छ ।

केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको कांग्रेसले जिल्ला कार्यसमितिको माग बमोजिम केन्द्रबाट प्रतिनिधि खटाएको हो ।

कस्लाई कहाँ पठायो?
संघअन्तर्गत उपनिर्वाचन हुने कास्की २ मा कांग्रेसले केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाललाई पठाएको छ । त्यस्तै प्रदेशसभातर्फ भक्तपुरमा मोहन बस्नेत, बागलुङमा शंकर भण्डारी र दाङमा देवेन्द्रप्रसाद कँडेललाई पठाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन क्षेत्रमा बसेर उहाँहरूले स्थानीय नेतासँग समन्वय गर्ने, पार्टीका पक्षमा चुनावी माहोल बनाउने काम गर्ने बताए ।

त्यस्तै कांग्रेसले धरान उपमहानगरपालिकामा महेश आचार्य, महोत्तरीको पिपरा गाउँपालिकामा फरमुल्लाह मन्सुर, पाँचथरको फाल्गुनन्द गाउँपालिकामा देउमान थेवे र हुम्लाको खार्पुनाथ गाउँपालिकामा जीवनबहादुर शाहीलाई खटाएको छ ।

यस्तै कांग्रेसले उपनिर्वाचन हुने सबै जिल्लामा केन्द्रबाट चुनावी सामग्री पनि पठाइ सकेको छ ।