देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आलमविरुद्धको थुनछेक बहस आज सकिँदै

देशान्तर

काठमाडौँ – जिउँदा मान्छेहरुलाई इटा भट्टामा हालेर हत्या गरेको आरोप लागेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस आज सकिँदैछ ।

जिल्ला अदालत रौतहटमा वादी र प्रतिवादीका तर्फबाट बहस सकिएपछि आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने अथवा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ । थुनछेक बहसपछिको आदेश आजै आउने सम्भावना छ ।

१२ वर्ष अघि चुनाव प्रभावित पार्ने उदेश्यले बम बनाउने क्रममा विष्फोट भएका घाइतेलाई प्रमाण मेटाउन इट्टाभट्टामा पोलेर मारेको आरोप आलमलाई छ ।