देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीमा प्रकरण सुल्झाउन कांग्रेस प्रवक्ता शर्माका तीन सुझाव

देशान्तर

 

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी प्रकरणमा प्रतिक्रिया नभई सरकारको एक्सन खोजेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा अतिक्रमण प्रकरण सुझाउन तीन विकल्प उनले सुझाएका छन्। ट्विटमार्फत् सार्वजनिक गरिएको शर्माको धारणामा दिल्लीसँग उच्च स्तरीय वार्ता सुरु गर्न आग्रह गरिएको छ।

शर्माको तीन बुँदे सुझावको दोश्रो बुँदामा नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा भारतसामु प्रष्टता देखाउन सुझाइएको छ।

सीमामा रहेको भारतीय सुरक्षा बल फिर्ता गर्नुपर्ने शर्माको भनाई छ। राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्ने उनको सुझाव छ।