देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले सार्वजनिक गर्‍याे सरकारका २१ असफलता, कहाँकहाँ असफल भयो ?

देशान्तर

काठमाडाैँ । नेपाली कांग्रेसले सरकारका असफलता भनी २१ बुँदे सूँची सार्वजनिक गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा एक युवासमूह मार्फत् एक पुस्तिका सार्वजनिक गरी सरकार बनेपछि २१ महिनामा कहाँकहाँ असफल भयो भन्ने फेहरिस्त पेश गरेका हुन्।

पुस्तिकाको संक्षेप पेश गर्दै शर्माले सरकार भारतसँगको सीमा विवादलाई उच्चस्तरीय कुटनीतिक वार्तामार्फत् जुन कुशलताका साथ समाधान गर्नुपर्थ्याे त्यसो गर्न नसकेको, वाइडवडी खरिद प्रक्रिया लगायतका विभिन्न भ्रष्टाचार कान्डमा मुछिएको, बुढिगन्डकीजस्ता ठूला परियोजनालाई अलपत्र पारेको, अन्तिम चरणमा रहेको मेलम्ची परियोजनालाई थप अन्यौलपूर्ण बनाएको, गोविन्द केसीले उठाएका गम्भीर मुद्दालाई सम्बोधन नगरेको उनकाे भनाइ छ ।

त्यसैगरि उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक आदि मार्फत् प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको, आस्थाका आधारमा पत्रकारलाई कारबाही गरेको, बालुवाटार जग्गा कान्डमा सत्तापक्षका नेताहरुको बचाऊ गरेको, विपक्षी र नागरिक समाजप्रति सत्तापक्ष निरन्तर असहष्णिु बन्दै गएको बताए ।

सरकारका अन्य असफलताका सूचि पेश गर्दै उनले शेयर बजारको ओरालो यात्राले समग्र अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको संकेत गरेको, सामाजिक सुरक्षा कोष निष्प्रभावी बनाएको, गुठी प्रकरणलाई समाधान गर्न नसकेको बताए ।

नेकपाले मधेशी दललाई सरकारमा सामेल गरेर संविधान संशोधनको विषय समाधान गर्ने दाबी गरेपनि त्यसो गर्न नसकेको शर्माले बताए। उनले नेपाली कांग्रेसलाई अब युवामय बनाउने योजनाका साथ युवाहरु मार्फत् निर्वाचनसम्बन्धी पुस्तिका सार्वजनिक गरेको बताए।