देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भिरबाट लडेर एकको मृत्यु

देशान्तर

सल्यान । सल्यानमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कपुरकोट गाउँपालिका-१ उनवाङका २३ वर्षीय गोपाल रानाको भीरबाट लडेर मृत्यु भएको हो।

रोल्पाको रन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिँडेका गोपाल मंगलबार बिहान रुन्टीगडीको धुम्का भिरमा मृत फेला परेको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए।

बाटोबाट करिब २ सय मिटर तल उनको शव फेला परेको उनको भनाइ छ। भिरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।