देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल-भारत सीमा सुरक्षा बैठक पोखरामा सुरु

देशान्तर

पोखरा । नेपाल भारतको सीमा सुरक्षा बैठक पोखराको एक रिसोर्टमा शुरु भएको छ। आजबाट सुरू भएको बैठक शुत्रबारसम्म चलनेछ। बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डीआइजी कुमार राजेशचन्द्रले टोलीको नेतृत्व रहेको छ।

नेपालको टोलीमा आइजीपीको नेतृत्वमा एआइजी पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, डीआइजीहरु बाबुराम पाण्डे, सुरज श्रेष्ठ, चिरन्जीवी अधिकारी, नगेन्द्र थापा, गोविन्द क्षेत्री, राजु अर्याल, नारायणदत्त पौडेलको साथमा गृहका उपसचिव, परराष्ट्र मन्त्रालयका प्रतिनिधी, नेपाल प्रहरीका डिआइजी दानसिङ बोहरा छन्।

बैठकमा सीमामा हुने अपराध, सीमा सुरक्षा गस्ती लगायतको विषयमा छलफल हुनेछ ।