देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री हेरफेर अझै टुंगो लागेन, सपथ अब भोलि

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने र उनीहरुको सपथ आजै गर्ने भनिएपनि हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो अझै लाग्न सकेको छैन ।

बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले दुई अध्यक्ष जिम्मेवारी बाँडफाँट गरे पनि मन्त्री हेरफेरबारे टुंगो लगाउन सकस परिरहेको स्रोतले बतयो ।

सचिवालयले यसबारे निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको छ ।

स्रोतकाअनुसार पूर्व माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री हट्ने पक्का भएको छ । स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ ।

यस्तै पूर्वएमालेको कोटाबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ । पूर्वएमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्नसक्ने स्रोत बताउँछ ।

अब मन्त्रीहरुको सपथ भोलि मात्र हुने स्रोतले बतायो ।