सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए ।
नयाँ कार्यबिभाजन अनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो । यसअघि साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यबिभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो ।
तर, पछिल्लो समय केपी ओलीले पार्टी र सरकार दुवैको अधिकार लिँदा सहमति उल्लंघन भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट बन्दै आएका थिए ।
नयाँ कार्य्विभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको छ ।





प्रतिक्रिया