देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२१ महिना पछि मन्त्रिपरिषद् पुनर्गठन, छ मन्त्रि र तिन राज्यमन्त्रि थपिए

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ मन्त्रिपरिषद् गठन भएको २१ महिना पछि पुनर्गठन गर्नु भएको छ ।प्रधानमन्त्री ओलीले बुधबार साँझै केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको हो ।

नयाँ मन्त्रिमण्डलमा ९ नयाँ अनुहार थपिएका छन् ।

को-को आए नयाँ अनुहार?

सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । रामवीर मानन्धरलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मन्त्रालय हेरफेर:

उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवको मन्त्रालय हेरफेर भएको छ । उहाँलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

को-को हटे?

गोकर्ण विष्ट:  श्रम रोजगार तथा सामाजिक विकास मन्त्री
लालबाबु पण्डित: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
मातृका यादव:  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
चक्रपाणी खनाल :  कृषि तथा पशुपन्छी विकास
रघुवीर महासेठ:  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
थममाया थापा:  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
रामकुमारी चौधरी:  कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री
डाक्टर सुरेन्द्र यादव:  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
धनबहादुर बुढा:  पर्यटन राज्यमन्त्री