काठमाण्डौं । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको आज पद तथा गोपनीयताको सपथ हुने भएको छ। बिहान ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मंसीर राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुमा
रामेश्वर राय यादव; श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि
हृदयेश त्रिपाठी; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि
लेखराज भट्ट; उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि
घनश्याम भुसाल; कृषि तथा पशुपन्छी विकास मन्त्रि
पार्वत गुरुङ; महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रि
बसन्तकुमार नेम्वाङ; भैतिक पूर्वाधार तथा यातायात मन्त्रि
राज्यमन्त्रीहरुमा
मोतिलाल दुगड; उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री,
नवराज रावत; स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री
रामवीर मानन्धर; शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन्।





प्रतिक्रिया