देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचनको नतिजा कांग्रेसको पक्षमा हुने दाबी

देशान्तर

पोखरा । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले आउँदो उपनिर्वाचनको परिणाम कांग्रेसका पक्षमा हुने बताएका छन्। कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत बिहीबार पोखरा महानगरपालिका वडा नं ४ मा घरदैलोमा सहभागी बन्दै उनले जनता सरकारका गतिविधिप्रति निराश भएका कारण कांग्रेसप्रति आकर्षण बढिरहेको दाबी गरे।

पार्टीका नेता कार्यकर्ता एकताबद्ध भएको चर्चा गर्दै उनले व्यापारी, उद्योगपति, पेशाकर्मी, कर्मचारी सबैको साथ र सहयोग यसपटक कांग्रेसलाई हुने विश्वास व्यक्त गरे। गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कांग्रेससँग जनताले धेरै भरोसा गरेको बताए। कर वृद्धि, महँगी, भ्रष्टाचारबाट जनताले उन्मुक्ति चाहेको उनले धारणा राखे। कास्की क्षेत्र नं २ मा कांग्रेसले चुनाव प्रचारप्रसारका कार्यक्रमअन्तर्गत आजदेखि दोस्रो चरणको कार्यक्रम सक्दैछ।

गत कात्तिक २१ गतेदेखि सुरु भएको अभियानअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं १६ अर्मलामा घरदैलो गरी दोस्रो चरण सक्ने र भोलिदेखि तेस्रो चरणको कार्यक्रम थाल्ने प्रचारप्रसार मूलसमितिका संयोजक एवं कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए।

पहिलो र दोस्रो चरणमा अधिकांश मतदातासँगको भेटघाट सकिएको जानकारी दिँदै उनले तेस्रो चरणको कार्यक्रम चुनावीसभामा केन्द्रित हुने बताए। पार्टीका उच्च तहका नेता सहभागी बन्ने चुनावी सभामार्फत जनताका समस्या, वर्तमान राजनीतिक परिवेशबारे पार्टीको धारणा प्रस्तुत गर्दै उम्मेदवारमार्फत यहाँको समृद्धि र विकास प्रतिबद्धता प्रस्तुत गरिने पार्टीले जनाएको छ।