देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालापानी समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाउँदै नेविसंघ

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघले (नेविसंघ)ले स्कूलका विद्यार्थीहरुलाई भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीसहितको भूभाग समेटेर नेपालको नक्सा बनाउन सिकाउने अभियान सुरु गरेको छ । ‘चिनौ सिमाना, जोगाउ माटो’ नाम दिइएको उक्त अभियान विहीबारदेखि सुरु भएको हा ।

यस अभियान अन्तर्गत नेविसंघका नेताहरुले पहिलो दिन नेपालकै पहिलो विद्यालय दरवार हाइस्कूलका विद्यार्थीहरुलाई भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको इलाकालाई समेटेर नेपालको नक्सा तयार पार्न सिकाए ।

नेविसंघ नेता नवराज त्रिपठीको संयोजकत्वमा सुरु भएको अभियान अन्तर्गत नेविसंघका नेताहरुले दरबार हाइस्कूलका माध्यमिक तहका विद्यार्थीहरुलाई अतिक्रमित कालापानी सहितको इलाका समेटेर नेपालको नक्सा तयार पार्न सिकाए थिए । नेविसंघ नेताहरु गोपि शिवाकोटी, रुपा पाखरेल, रमेश वास्ताकोटी, मनिष सिम्खडा लगायतले विद्यार्थीहरुलाई नेपालको सीमानाबारे जानकारी दिदै भारतले अतिक्रमण गरेको भूभागबारे जानकारी दिएका दिए ।

‘सरकारले विद्यार्थीहरुलाई नेपालको गलत नक्सा पढाइरहेको छ । कालापानी सहितको नक्सा अझैसम्म पनि सरकारले सार्वजनिक नगरेर भविष्यका कर्णधारहरुलाई नेपालको सीमानाबारे गलत जानकारी दिनु राष्ट्रघात हो ।

यो अभियान अन्तर्गत हामीले सरकारको गल्तीलाई सच्याउने प्रयत्न गरेका छौं । विद्यार्थीहरुलाई नेपालको सीमानाबारे सही जानकारी दिने हाम्रो प्रयास हो’, त्रिपाठीले भने । उनले यो अभियान लिएर नेविसंघ देशभरका विद्यालयहरुमा पुग्ने बताए ।