देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारका गलत काम विरुद्ध सडक र सदनमा लड्ने देउवाको भनाइ

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउन लागेको आरोप लगाउनुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा सभापति देउवाले सरकार अख्तियारलाई शाही आयोग बनाउन उद्दत रहेको भन्दै आलोचना गर्नुभयो ।

संवैधानिक परिषदलाई कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको देउवाको आरोप छ । सरकारका गलत काम विरुद्ध सडक र सदनमा लड्ने देउवाले बताउनुभयो ।

काँग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवादमा परिणत भएको आरोप लगाउनुभयो । नेपाल डेमोक्यार्टिक लयर्स एसोसियसनको ३० औं साधारणसभामा सभापति देउवाले अदालतलाई स्वतन्त्र राखिनुपर्ने भन्दै यो निष्पक्ष रह्यो भने सरकारले गलत गरेपनि सच्याउन सकिने धारणा राख्नुभयो ।