देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतले सीमा मिचेको विरोधमा कलंकीमा नेविसंघको खबरदारी र्‍याली

देशान्तर

काठमाडौं । भारतले सीमा मिचेको विरोधमा नेपाल विद्यार्थी संघले विरोध जारी राखेको छ। आज बिहान काठमाडौंको कलंकीमा आइतबार दिउसो विरोध र्‍याली निकाल्यो । जनमैत्री क्याम्पसका इकाइ अध्यक्ष निराजन शाहीको संयोजनमा विरोध र्‍याली निकालिएको हो।

जनमैत्री क्याम्पसबाट शुरु भई कलंकीमा गरिएको कोण सभामा नेविसंघ निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले सम्बोधन गरेका थिए। ‘चिनौ सिमानासिमाना,जोगाऔँ माटो’ अभियान का संयोजक समेत रहेका त्रिपठीले नेविसंघले सीमा सुरक्षित नहुँदासम्म वास्तविक नक्सा बनाउने अभियान र खबरदारी र्‍याली जारी राख्ने बताए।