देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२५ हजार घुससहित लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल पक्राउ

देशान्तर

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तिवारीलाई २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपति, रजिष्टारसहितका पदाधिकारी कार्यालय नभएको मौकामा उनले कार्यकक्षमै घुस लिएको अख्तियारले बताएको छ ।