देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मंसिर १३ गते देखि चलचित्र ‘मखमली मखमली’ प्रदर्शन हुँदै

देशान्तर

काठमाडौं । चलचित्र ‘मखमली मखमली’ यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र “मखमली मखमली” मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालले यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको जानकारी गराएकी छिन ।

चलचित्रमा नायक जयकिशन बस्नेतको जोडदार अभिनय रहेको छ भने फरक भूमिकामा मखमली बनेकि नायिका शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मन पगाल्न सक्छ । यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन्।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।