देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अधिनायकवादबिरुद्ध लोकतान्त्रिक शक्ति एक हुनुपर्ने कंग्रेस नेता लेखकको भनाइ

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले देश विकासका लागि लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताउनुभएको छ । आज बैतडीको सुर्नया गाउँपालिका १ हटैराजमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता लेखकले लोकतान्त्रिक शक्ति एक भएर अधिनायकवाद बिरुद्ध लाग्नुपर्ने बताउनुभयो । उहाले आन्तरिक र बाह्य रुपले कम्युनिस्टहरूले मुलुक बर्बाद बनाइसकेको बताउनुभयो ।

प्रधानमन्त्रीले आफ्नो असफलता ढाकछोप गर्न मन्त्रीलाई दोष दिएर मन्त्री फेरेको’ उहाको भनाए थियो । भारतले नेपाली भूमि आफ्नो नक्सामा राख्दा समेत सरकारले कुटनीतिक पहल गर्न नसकेको उहाको भनाई छ। लेखकले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको प्रमाण हुँदा हुँदै पनि सरकारले पहल नगर्नुले आशंका बढेको बताउनुभयो ।