देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बोक्सी आरोपमा दम्पती गाउँ निकाला

देशान्तर

काठमाडौँ । दोलखाको उत्तरी गाउँ चिलंखाका मानिसहरु विरामी परेको, वस्तुभाउ मरेको साथै बोक्सीले भेदेको कारण गाउँमा रहेका झाँक्रीहरु समेत काम्न छाडेको आरोप लगाउँदै उत्तरी गाउँ चिलंखाका एक दम्पतीलाई गाउँले भेलामार्फत लिखित निर्णय गरी गाउँ निकाला गरिएको छ।

जिल्लाको विगु गाउँपालिका–५ स्थित चिलंखाको एक दम्पतीमाथि ‘बोक्सा–बोक्सी’को आरोप लगाउँदै टोल सुधार समितिको भेला बोलाएर १ सय १३ जना स्थानीयले हस्ताक्षर गरी गाउँ निकाला गरेका हुन्। उक्त भेलामा वृद्ध दम्पतीलाई आरोप स्वीकार गर्न ल्याप्चेसमेत गर्न लगाइएको छ।

चिलंखाको ५८ वर्षीया रत्नबहादुर श्रेष्ठ र श्रीमती कृष्णकुमारी श्रेष्ठलाई मंसिर १ गते गाउँलेले भेला गरी ‘इन्द्रजाल’ किताब कण्ठ पारेर गाउँभरी ‘भेदेका’ कारण गाउँले विरामी परेको र वस्तुभाउ मरेको आरोप लगाएका थिए। गाउँले भेलाको अडियो रेकर्डमा श्रेष्ठ दम्पतीलाई गाउँलेले लगाएको आरोप र उनीहरुले आफुहरु बोक्सा बोक्सी नभएको भनेको कुरा सुनिन्छ। उक्त दिन बिहान ८ बजे बोलाइएको भेलामा आफ्ना माता पितालाई ५ बजेसम्म राखेर ९ घण्टा मानसिक यातना दिइएको पीडितका जेठा छोरा भाजुराम श्रेष्ठले जानकारी दिए। उनीहरुलाई यस अघिसमेत पटक पटक छिमेकीले बोक्सा बोक्सी आरोप लगाए पनि गाउँमै मिलाइँदै आएको थियो।