देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली राष्ट्रबादी नभई लम्पसारबादी भएको कांग्रेस सभापति देउवाको दावि

देशान्तर

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रबादी नभई लम्पसारबादी भएको बताएका छन्। नेपाली कांग्रेस दाङले निर्वाचन क्षेत्र नं. ३ (ख) को श्रीगाउँमा आज (सोमबार) गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओली लम्पसारवादी नै भएको प्रमाणित भइसकेको बताएका हुन्।

राष्ट्रवाद, राष्ट्रवाद भन्दै बोल्ने गरेका प्रधानमन्त्री ओलीको राष्ट्रवाद आज कालापानीमा लम्पसारवाद भएको पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले जिकिर गरे । ओली राष्ट्रवादी नभई राष्ट्रवादी बन्‍न नाटक गर्ने एक पात्र मात्रै भएको पनि उनको भनाइ थियो ।

अर्काे प्रसंगमा कम्युनिस्ट सरकारले करको भार बोकाएर जनतालाई आजित बनाएकाले अब यो सरकारलाई सच्याउन कांग्रेसलाई जिताउन आवश्यक रहेको पनि देउवाले जिकिर गरे। अहिलेको सरकारले विकास निमार्णका उपभोक्ता समितिमा आफ्ना कार्यकर्ता भरेर प्रत्यक्ष सरकारी कोषमा लुट मच्याएको भन्दै देउवाले आक्रोश पोखे।
त्यसैगरी सभापति देउवाले कम्युनिस्टले धेरै विकास गरेका छौँ भनेर भ्रम फैलाएको भन्दै अहिले जति पनि विकास भएको छ, त्यो सबै नेपाली कांग्रेसको पालामा सुरु भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले देशको शान्ति सुरक्षा भंग पारेको बताए। उनले भने, “द्वन्द्वकालमा ठूलो लडाईँ लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो तर अहिलेको सरकारले यसलाई उल्टो गतितर्फ लैजान खोजिरहेको छ।”

रामशरण महतले कम्युनिस्टको ज्यादति रोक्न रुखमा मतदान गर्न उनले आग्रह गरे।